गाउँलेले चुने आफ्नो नेता

0 Shares

मुस्ताङ, २ कात्तिक । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैँले चुनेका छन् ।

थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन् ।

पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन् । पाँचवटै गाउँका स्थानीयको आम भेलाबाट थकालीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा श्यामप्रसाद लालचन रहनुभएको छ ।

सदस्यमा महेन्द्र थकाली, झीनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धनबहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्रबहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हीराचन, सूर्यमान लालचन, चन्द्रकुमारी हीराचन र फूलमति ज्वारचन रहनुभएको छ ।

समितिमा पाँचवटै गाउँका गाउँ मुखिया पदेन सदस्य रहने व्यवस्था छ । गाउँका आइपर्ने सबै किसिमका समस्या र सरकारी सेवा सुविधाका बारेमा वकालत गर्ने जिम्मा समितिको हुने अध्यक्ष थकालीले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार