दफाबार छलफलका लागि पाँच विधेयक सम्बन्धित समितिमा

Facebook Debugger

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ ।

‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७५’, ‘बिरुवा संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘बीउबिजन ९दोस्रो संशोधन० विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो ।

‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७५’, ‘बिरुवा संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’ र ‘बीउबिजन ९दोस्रो संशोधन० विधेयक, २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको थियो ।

त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ खानेपानीमन्त्री वीना मगरले प्रस्ताव प्रस्तुत गरेको हो । व्यवस्थापिका संसद्को अर्को बैठक भदौ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने भएको छ ।

Published On:  59पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार