मौलिक संस्कार संस्कृतिको संरक्षणमा वाम्बुले राई सक्रिय बन्दै

238 Shares

ओखलढ्ँगा : ओखलढुङ्गा जिल्लाको दक्षिण भेगमा आफ्नो उद्गम स्थल रहेको वाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर वाम्बुले राईहरू मौलिक संस्कार संस्कृतिको संरक्षणमा जुटेका छन् ।

राष्ट्रिय गानका रचयिता व्याकुल माइला ९प्रदीपकुमार राई०देखि देश विदेशमा छरिएर रहेका वाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । वाम्बुले राई समाज नेपाल ९वाम्रास०को संस्थागत पहलमा तीन वर्षयता धार्मिक तथा ऐतिहासिक सम्पदाको निर्माण लगायतका काम जिल्लामा भइरहेका छन् ।

३५ फिट अग्लो स्वालेवा

उँबुमा ३५ फिट अग्लो स्वालेवा ९चिण्डो० निर्माण गरिएको छ । वाम्रास संस्थाको पहलमा किराँत समुदायको सांस्कृतिक प्रतीकमा रूपमा लिइने स्वालेवा बनाइएको हो । वाम्बुले राईहरूको उद्गमस्थल मानिने उँबुमा किराँत संस्कृतिको पहिचान स्थापित गराउन स्वालेवा पार्कको परिकल्पना गरिएको वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले बताए । उँबुलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

“यो ठाउँ हामी किराँतीको पुख्र्यौली थलो हो । यसलाई विश्वका नागरिकले घुम्ने र यहाँ आएपछि किराँती सभ्यताको सबैकुरा देख्ने ठाउँका रूपमा विकास गरिरहेका छौँ”, नेपाल टेभिभिजनमा आबद्ध वरिष्ठ पत्रकारसमेत रहेका अध्यक्ष राईले भने, “बाम्बुले पहिचान स्वालेवा स्तम्भ पार्क यो एक जाति विशेषको होइन । राज्यको सम्पत्ति पनि हो ।” स्वालेवा स्तम्भ वरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी र सङ्ग्रहालय निर्माणको काम पनि भइरहेको छ ।

स्वालेवा पार्क निर्माणका लागि तत्कालीन सांसद रामहरि खतिवडाले रु १० लाख सुरुमा सहयोग गरेको थियो । मानेभञ्ज्याङ गाउँपालिका ३ नम्बर वडा र स्थानीय तथा देश विदेशबाट सहयोग सङ्कलन गरिएको वाम्रासका उपाध्यक्ष तथा पार्क निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईले बताए । अझै केही रकम आवश्यक पर्ने भएकाले स्थानीय तह, प्रदेश र केन्द्र सरकारका जनप्रतिनिधिलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

वाम्रासको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण गरिएको हो । स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उहाँका चार दाजुभाइले एक रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएको थियो ।

पर्यटन प्रवद्र्धनमा जोड

किराँत वाम्बुले राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन र पुख्र्यौली विरासत झल्काउने गरी निर्माण गरिएको स्वालेवा पार्कको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ९व्याकुल माईला० सहित सांसद यज्ञराज सुनुवार र प्रदेशसभा सदस्य मोहन खड्काले स्थलगत अवलोकन गरेको थियो । वाम्बुले राईहरुको महानपर्व ढ्वाङकुम विशेष कार्यक्रमलाई सम्बोधन गर्न उँबु पुगेका सांसद सहितका सरोकारवालाले स्वालेवा पार्कको अवलोकन गरेको हो ।

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले नेपालका जातजातिको भाषा, धर्म, लोक संस्कृति नै देशको सम्पत्ति भएको बताए । “मैले राष्ट्रिय गान लेख्दा छोटोमा समेटेको छु । देशवासीको भाषा, धर्म र संस्कृति नै मुलुकको सम्पत्ति हो”, उहाँले भने, “बाम्बुले दाजुभाइहरुले उँबुमा बनाएको स्वालेवा पार्कले कुनै दिन विश्वको ध्यान तान्नेछ । अन्य जातजातिका आ–आफ्नै पहिचान छन्, ती सबैको संरक्षण, विकास र प्रचार जरुरी छ ।” नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल बनाउन जातीय पहिचान र पुरानो संस्कृितको प्रदर्शन गर्न आवश्यक रहेको उहाँले बताए।

सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गा जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम भइरहेको बताए। उँबुको स्वालेवा पार्कसहितका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासका लागि तीनवटै तहका सरकार गम्भीर भएर लागेको सांसद सुनुवारको भनाइ थियो । “अहिले हाम्रो ध्यान विकास र समृद्धिमा केन्द्रित छ, ओखलढङ्गाको विकास र समृद्धिको आधार भनेकै कृषि र पर्यटन हो”, उहाँले भने, “पोकली झरनादेखि थोलेदेम्बा डाँडा र ककनी मन्दिरदेखि लिब्जु उँबुसहित जिल्लाका सबै सम्भावित क्षेत्रलाई पर्यटकीय मार्गको रूपमा जोडिन्छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याइन्छ, त्यसका लागि ढुक्क हुन आग्रह गर्दछु सांसद सुनुवारले ।

धार्मिक क्षेत्रलाई पुरानै शैलीमा र पर्यटकीय क्षेत्रलाई आधुनिक शैलीमा विकास गरिने सांसद सुनुवारले बताए ।

प्रदेश नं १ का अर्थ समिति सभापतिसमेत रहेका प्रदेशसभा सदस्य मोहन खड्काले प्रदेश सरकार जातजाति, भाषा र संस्कृतिको संरक्षणमा जुटेको बताए । प्रदेशका सबै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने नीतिअनुरुप काम भइरहेको उहाँको भनाइ थियो । “विश्वले चिनेको सगरमाथादेखि हामीले भर्खर विकास गर्दै गरेका संरचनासमेत हाम्रा सम्पत्ति हुन्, यसको विकास र प्रचारका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको छ”, सांसद खड्काले भने। किराँती संस्कृतिको संरक्षणमा जुटेका वाम्बुलेहरुले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार