२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट


५ भाद्र २०७६, बिहिबार  

7
Shares

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरे।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ८ : ३७ बजे