अधिकांश आफन्तबाट बलात्कार, घटना रोक्न रणनीति तयार गरिँदै

21 Shares

विरगञ्ज । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा । बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो ।

सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा सात वर्ष र बढीमा २० वर्षसम्मको सजाय हुने कानूनी व्यवस्था गरिएको छ भने अर्कोतिर श्रीमान्ले श्रीमतीको मञ्जुरीबेगर जबर्जस्ती शारीरिक सम्बन्ध राखे वैवाहिक बलात्कार हुने र मुलुकी अपराध संहितामा यस्तो घटनामा श्रीमान्लाई पाँच वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

“प्रदेश नं २ मा बलात्कार जस्ता जघन्य अपराध बढ्दै जानु प्रदेश सरकारका लागि चिन्ता तथा चुनौतीको विषय हो”, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने । लागुऔषध सेवनकर्ता र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएका कारण दण्डहीनताले प्रश्रय पाएपछि बलात्कारको घटना बढेर गएको छ ।

“प्रदेश नं २ मा बढ्दै गएको बलात्कारजस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने प्रदेश सरकारको सोच रहेको छ”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले भने । प्रदेश सरकारले दुव्र्यसनीमुक्त समाजको स्थापना गरी आउँदो आर्थिक वर्षसम्म यस्ता घटनामाथि नियन्त्रण गर्ने बताए ।

प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४÷७५ भन्दा आव २०७५÷७६ मा बलात्कारका घटना १२९ ले बढेको छ । आव २०७४÷७५ मा १७० बलात्कारका घटना घटेको थिए भने आव २०७५÷७६ मा यो सङ्ख्या बढेर २९९ पुगेको छ । यसरी हेर्दा प्रदेश नं २ मा बलात्कारका घटना ६० प्रतिशतले बढेका छन् ।

प्रदेश नं २ मा भएका बलात्कारको घटनामध्ये तीन जनाको बलात्कार गरी हत्या गरिएको थियो । बलात्कारको सिकार हुनेमा खासगरी सात वर्षीया बालिकादेखि ५० वर्षीया वृद्धासम्म रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष देशभरिमा एक हजार ४८० को बलात्कार भएको थियो भने देशभरिमा प्रत्येक दिन चार महिला कुनै न कुनै रुपमा बलात्कारको सिकार हुने गरेका तथ्याङ्कले देखाएको छ ।

बलात्कारजस्ता घटना लुकाउन पीडितले आर्थिक लेनदेन, लोकलाज र धम्कीका कारण लुकाउने गरेकाले अपराधीको मनोबल बढ्न गएकाले बलात्कारका घटना बढ्दै गएका प्रहरीको ठम्याइ छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० प्रद्युम्नकुमार कार्कीले विद्यमान रहेको कानूनको कडारूपमा पालना हुननसकेकाले यस क्षेत्रमा बलात्कारका घटनाले प्रश्रय पाएको बताए ।

“अधिकांश घटना छरछिमेकी, परिवारबाट नै घट्ने गरेका र अभिभावकको लापरवाही र जनचेतनाको अभावका कारण यस्ता घटना लुकाउने प्रवृत्तिले यसलाई नियन्त्रण गर्नमा चुनौती थपिएको हो , उहाँले भने, “यस्ता घटनाबारे पीडित खुलेर प्रहरीकहाँ आउन नसकेका, अपराधी बढी आफन्त नै भएकाले कारवाहीको दायरामा आउन नसकेका, घटना गाउँघरमै मिलाउने गरेकाले यस्ता घटना हुन नदिन समाज, विद्यालय र क्याम्पसमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

नायब महानिरीक्षक कार्कीले यस्ता जघन्य अपराधलाई प्रहरी चौकीमै मिलापत्र गराउनु, दुवै पक्षबीच मेलमिलाप नगर्न÷नगराउन मातहतका प्रहरी कार्यालयलाई निर्देशनसमेत दिएको बताए । बलात्कारका घटना बढ्नुको प्रमुख कारण मादक पदार्थ सेवकर्ताको सङ्ख्या बढ्नुले नै बलात्कारका घटना बढेकाले मादक पदार्थमुक्त प्रदेश बनाउनुपर्नेमा जोड दिँदै महिला अधिकारकर्मी मुन्नीदेवी दासले यस्ता घटनाका अपराधीलाई राजनीतिक संरक्षण प्राप्त भएकाले अपराधीको मनोबल बढ्न गएको बताए ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र भmाले नयाँ मुलुकी ऐनको फौजदारी सङ्घीयतामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रदेश सरकार प्रयास गरिरहेको बताए । उहाँले उक्त कानूनलाई कार्यान्वयन गर्न प्रदेश सरकारले प्रहरी र सरकारी वकिल कार्यालयलाई समेत निर्देशन दिइसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार