कुसुम प्रतिष्ठानले समाजवाद सम्बन्धि विमर्श कार्यक्रम गर्दै

Facebook Debugger

काठमाडौं । शहिद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रमको आयोजना काठमाडौना गर्ने भएको छ ।


भाद्र २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न हुने विमर्श कार्यक्रममा नेकपा (क्रान्तिकारी-माओवादी ) का महासचिव मोहन वैद्य “किरण” , नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय घनश्याम भुषाल र राम कार्की “पार्थ” द्वारा समाजवादका विषयमा महत्वपूर्ण विचारहरु प्रस्तुत हुनेछन ।
अहिलेको समयमा नेपालको अबको बाटो कस्तो हुने ? कम्युनिष्ट आन्दोलनले र खास गरि समग्र राजनितिक आन्दोलनले उठान गर्दै आइरहेको समाजवादको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा राष्ट्रिय बहसको थप आवश्यकता महसुस गरि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले बताउनु भयो ।
प्रतिष्ठानले विभिन्न समयमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न वैचारिक , दार्शनिक र राजनैतिक विषय केन्द्रित कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Published On:  116पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार