नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम गर्दै !

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।


‘नेपाली कांग्रेस पार्टीले राजनीति मात्र होइन मानव सेवामा पनि काम गर्छ भन्ने व्यवहारिक उदाहरणका लागि पनि हामीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका हौं,’ नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले भने, ‘पछिल्लो समय सरकारप्रति आम जनतामा निराशा छाइरहेका बेला मानव सेवाका लागि पनि काम गर्नु पर्छ भन्ने सन्देशका साथ कार्यक्रमको आयोजना गरेका हौं ।’
बृहत रक्तदान कार्यक्रम भदौ २७ गते शुक्रबारका दिन काठमाडौंको चाबहिल चोकमा सञ्चालन गरिने पनि अध्यक्ष बस्नेतले बताए । रक्तदान कार्यक्रम विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । मानव सेवा कार्यक्रममा उपस्थित भई रक्तदान गरिदिनहुन सोलुखुम्बुबाट काठमाडौं आई बसोबास गरेका आम नागरिकलाई आग्रह गरिएको समेत अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार