प्रदेश न.२ का नेकपा प्रभु साहसहित चार पदाधिकारीलाई पार्टी निष्कासनको माग

42 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश न.२ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही वा पार्टी निष्कासन गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेकपा पार्टीका प्रदेश न.२ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

‘उहाँहरुले पार्टी बनाउने भन्दा पनि पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने काम गरेका छन् । पार्टीको विधान, नियमावली, निर्देशिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गरेको छ’, केन्द्रीय सदस्य पासवानले भने, ‘उहाँहरुलाई पदमुक्त गरेर पार्टी नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो माग हो ।

१९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार