विरोध ¥यालीमा सहभागी हुन नेपाली कांग्रेस सम्पर्क समितिको निर्देशन !

91 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हुने बृहत विरोध ¥यालीमा सहभागी हुन सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका छन् ।


राष्ट्रिय जागरण अभियान अन्तर्गत वर्तमान सरकारको अलोकतान्त्रिक गतिविधी, बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंशा, बलात्कार, हत्या र स्थानीय तहमा भैरहेका अनियमितताका विरुद्ध असोज ७ गते सल्लेरी बजारमा हुने बृहत विरोध ¥यालीमा सहभागी हुन सम्पर्क समितिका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका हुन् । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा बृहत विरोध ¥यालीको आयोजना गरिएको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए ।
यसैबीच नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले हिन्दुहरुको महान चाड बडा दशैँको अवसर पारेर शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । असोज ११ गते हुने कार्यक्रम सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बिहानको ११ बजेदेखि शुरु हुने पनि सम्पर्क समिति अध्यक्ष बस्नेतले बताए ।
शुभकामना तथा चियापान कार्यक्रममा उपस्थितिका लागि सोलुखुम्बुबाट काठमाडौं आई बसोबास गरेका सम्पूर्ण लोकतन्त्रप्रेमीहरुलाई सहभागीताका लागि समेत अनुरोध गरिएको अध्यक्ष बस्नेतले बताए ।

यो पनि पढ्नुहोस ।

नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिले दशैँको अवसरमा शुभकामना आदानप्रदान गर्ने !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार