कांग्रेस सम्पर्क समितिलेे आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पूरा

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले २०७६ सालको दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि तयारी पूरा गरेको छ ।

सम्पर्क समितिको अध्यक्ष गोकर्ण बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिन लागेको अध्यक्ष बस्नेतले बताए ।

‘हामीले भर्खरै बृहत रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छौं, अध्यक्ष बस्नेतले भने, ‘अब असोज ११ गते हिन्दुहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’
सम्पर्क समितिको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आई बसोबास गर्ने सम्पूर्ण लोकतन्त्रप्रेमीहरुलाई उपस्थितिका लागि समेत आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने समेत अध्यक्षले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार