नेता पौडेलको आरोप नेपालको कम्युनिष्टलाई समाजवाद भनेको केहो ?

21 Shares

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको बताएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए ।

दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के(के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् ।’

कम्युनिष्टहरुले छलछामको राजनीति गरेको र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको पौडेलको आरोप छ । उनले भने, ‘आफूहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’

नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका आयोजनाहरु उदघाटन गर्ने र त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने गरेको आरोप लगाए ।

कम्युनिष्ट नेताहरुले फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिँड्न थालेको बताउँदै उनले यो अकोर्े मूर्खता मात्रै हुने पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार