जिम्मेवारीमा पुन फर्किेने महरा प्रेस सल्लाहकार

49 Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले नैतिकताको आधारमा पदबाट राजिनामा दिएका महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् । महराको राजिनामाबारे विभिन्न प्रश्न उठिरहेका बेला मल्लले समाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन ।

प्रेस सल्लाहकार मल्लले महराको राजिनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण नरहेको उल्लेख गरेका छन् । ‘सभामुखज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानविन प्रक्रिया निषपक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानविन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको हो, यसले छानविन प्रक्रियालाई सहयोग पुर्‍याउँछ’ प्रेस सल्लाहकार मल्लले लेखेका छन्, ‘यी सबै कपोलकल्पित र भ्रामक आरोपहरूबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किने छ ।’

सभामुख महराले उपसभामुखलाई सम्बोधन गरेर राजिनामा दिए लगत्तै प्रेस सल्लाहकार मल्लको यस्तो धारणा सार्वजनिक भएको हो । सभामुखको विषयमा आएका समाचारको मल्लले सोमबारै विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार