नेचामा संगम स्मारीका विमोचन

714 Shares

सोलुखुम्बु । युवा संगम परिवार केन्द्रीय कार्यसमितिद्धारा प्रकाशित संगम स्मारीका २०७६ विमोचन गरिएको छ । युवा संगम परिवारको केन्द्रीय कार्यालय नेचासल्यान ५ मा स्मारीकाको विमोचन गरिएको हो ।


नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाले स्थानीय स्थरमा थुप्रै संघसंस्थाहरु स्थापना हुने र बिलाउने गरेको भन्दै युवा संगम परिवार दुई दशक भन्दा लामो समयसम्म निरन्तर सक्रिय रहएकोमा खुसी व्यक्त गरे । साथै गाउपालिका सँधै युवा संगम परिवारको साथमा रहेको बताए । पुस्तकमाथी समिक्षा राख्दै सोलुखुम्बु जिल्लाका अग्रणी साहित्यकार लोचनकुमार शर्माले स्मारिका अत्यन्त राम्रो, सान्दर्भिक र अन्तराष्ट्रिय स्तरका लेख रचनाहरु सहित प्रकाशनमा भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा नेचासल्यान गा.पा. वडा नं २ का अध्यक्ष भेषकुमार बास्तोला, वडा नं ५ का अध्यक्ष राजनकुमार राई, नेकपा नेचासल्यान गा.पा.का अध्यक्ष जगन्नाथ बास्तोला, नेपाली कांग्रेस नेचासल्या गा.पा.का सभापति निरकुमार शर्मा लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम युवा संगम परिवार केन्द्रीय कार्य समितिका अध्यक्ष जसधन राईको अध्यक्षता एवं नेचासल्यान गाउपालिकाका अध्यक्ष डुफकुमार वास्तोलाको प्रमुख आथित्यतामा सम्पन्न भएको युवा संगम परिवारका सचिव उद्योग राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार