चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण निश्चित,निरीक्षणका लागि आयो चिनियाँ विमान

266 Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि चिनियाँ जहाज काठमाडौंमा आएको छ ।

चीनबाट परीक्षण उडानका लागि आएको विमान दिउँसो १।३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको छ ।

चीनबाट बोइङ ७४७(८०० विमान काठमाडौं उत्रिएको छ । ३ बजे विमान चीन फर्किने तालिका तय भएको छ ।

विमानस्थलको अवस्था निरीक्षण र परीक्षण गर्न विमान काठमाडौं आएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बताएको छ । ‘रन(वे र ट्याक्सी वेको परीक्षणका लागि विमान आएको हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘विमानस्थल वरपरको हवाई सुरक्षा लगायकतका विषयमा चिनियाँ टोलीले निरीक्षण गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार