शर्त सहितको राजीनामा अस्वीकृत भएपछि, महराले सुटुक्क बुझाए ‘दोस्रो राजीनामा’ पत्र

Facebook Debugger

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन । यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।
अर्काे राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन । नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया सुरु गर्ने छ ।’
महरालाई गत सोमबार सचिवालयकै एक कर्मचारीले यौन दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आरोप सार्वजनिक भएसँगै सर्वत्र बिरोध सुरु भएपछि नेकपाको सचिवालयको निर्देशनपछि महराले मंगलबार सर्तसहितको राजीनामा दिएका थिए । अनलाइन खबरबाट

Published On:  292पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार