वर्तमान सरकारको सपनामा राष्ट्रपति सीको बलियो साथ : सरकारका प्रवक्ता

Facebook Debugger

काठमाडौं । वर्तमान सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ पाएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

ओलीले भूपरिष्ठितबाट भूजडित बनाउने सपना देख्दै आएको र हालै भएको नेपाल भ्रमणमा चीनको बलियो साथ पाएको उनले बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘यो चिनियाँ राष्ट्रपति सीको मुखबाट सबैले सुन्नुभएकै छ भने ।’

मन्त्री बास्कोटाले, राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको समेत बताए । ‘यो भ्रमणको उपलब्धी मूल्यमा नाप्न सक्दैनौं’, उनले अघि भने ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार