स्वास्थ्य जाच पश्चात फर्किए प्रधानमन्त्री ओली

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । शुक्रबार विहान करिव ९ बजेतिर धापासीस्थित अस्पताल पुगेका प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । उनी साँझ मात्र फर्किएका हुन् ।

‘फलोअप हो, रिपोर्टहरु आउन बाँकी नै छ,’ प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहले भनिन् ।

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो

Published On:  95पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार