२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

उपत्यका मै नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ


४ कार्तिक २०७६, सोमबार  

56
Shares

काठमाडौं । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।


काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।

बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ०१ बजे