२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

किसानलाई सम्मान



विराटनगर, २ कात्तिक । जापानमा बस्ने नेपालीको संस्था पूर्वी नेपाल विकास सहयोग केन्द्रले आज मोरङका विभिन्न क्षेत्रका छजनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा मङ्गलबारेका किसान उदयचन्द्र श्रेष्ठ, विराटनगरकी जुत्ता उद्यमी चम्पा नेपाल, व्यवसायी पुनित पौडेल, पोखरिया उच्च माविका प्राचार्य खेमराज भट्टराई, अन्नपूर्णपोष्टका पत्रकार कुमार लुइँटेल र कलाकार निरोज गौतम रहेका छन् । उनीहरुलाई जनही रु पाँच हजार नगदसहित सम्मान गरिएको हो ।

उक्त अवसरमा सांसद पवनकुमार शारडा, मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय, पूर्वी नेपाल विकास सहयोग केन्द्र जापानका अध्यक्ष सुभाषप्रसाद लोहनी, उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, प्राज्ञ दधिराज सुवेदी र जिल्ला सहकारी सङ्घका सदस्य रामचन्द्र गौतमले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका थिए । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  ९ : ४७ बजे