नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिले देउसी भैलोबाट २ लाख उठायो

259 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले देउसी भैलोबाट २ लाखभन्दा बढि रकम संकलन गरेको छ ।


नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा संस्कृति संरक्षण गर्दै दुःखी, गरिबलाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा २ लाखभन्दा बढि दान रकम संकलन गरिएको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए ।
देउसी भैलोबाट संकलन भएको रकम विपन्न परिवारका जेहन्दार विद्यार्थी तथा दुःखी, गरिबलाई सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताए । देउसी भैलो कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेताहरु, सम्पर्क समितिका पदाधिकारीहरु लगायत नेपाली कांग्रेसका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समिति गठन भएको छोटो समयमै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । रक्तदान, दशैँ, तिहार, नेपाल संवत, छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान लगायत विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार