अपहरणकारीलाई गोली ठोकेर बालकको सकुशल उद्धार

Facebook Debugger

पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।

सो घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हो । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली ठोकी नियन्त्रणमा लिएको छ। प्रहरीले हानेको गोली दासको दाहिने खुट्टामा लागेको छ ।

एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले गरे । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने एसपी राठौरले बताए ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Published On:  48पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार