के के चाहिन्छ कागजात उपनिर्वाचनको मनोनयन दर्ता आज

0 Shares

काठमाण्डौ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।

मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ ।

भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ ।

२५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

स्थानीय तहको मनोनयन दर्ता कात्तिक २७ गते

स्थानीय तहका उम्मेदरवाहरूको मनोनयन दर्ता भने २७ कात्तिकमा हुने छ । मतदान भने १४ मंसिरमै हुने छ ।

बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।

उपनिर्वाचनका लागि आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

मनोनयन दर्ता गर्न के–के कागजात चाहिन्छ रु

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि

९१० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।

९२० अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

९३० राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र ९राजनीतिक दलको उम्मेदवारको हकमा० ।

९४० प्रतिनिधि सभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि पाँच हजार रुपैयाँ धरौटी ।

९५० मतदाता नम्बर

९६० सम्पत्ति विवरण

९क० घर सङ्ख्या

९ख० घर रहेको स्थान

९ग० जग्गाको विवरण ९जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं।, कि।नं।, क्षेत्रफल०

९७० प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

स्थानीय तहका उम्मेदवारलाई चाहिने कागजात

९१० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

९२० सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ९वडा अध्यक्ष पदको लागि० ।

९३० सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ९अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि० ।

९४० राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र ९राजनीतिक दलको उम्मेदवारको हकमा० ।

९५० स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।

९६० मतदाता नम्बर

९७० सम्पत्ति विवरण

९क० घर संख्या

९ख० घर रहेको स्थान

९ग० जग्गाको विवरण ९जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं।, कि।नं।, क्षेत्रफल०

९८० अध्यक्षरउपाध्यक्षरप्रमुखरउपप्रमुखरवडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार