नेपालको सीमावर्ती क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध युवाहरुको प्रदर्शन

0 Shares

विराटनगर । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन गरेका हुन् । सो प्रर्दशन गर्दै आम नेपालीहरु भारतीय अत्यचार विरुद्ध प्रदर्शनमा उत्रन आह्वन समेत गरेका छन् ।

भन्सार गेट अगाडि प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे ।

बिहीबार सीमानाका पुगेका युवाहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताएका छन् । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार