३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नेपालको लिपुलेक गाभेको भारतीय नक्साको विरोधमा नेविसंघको प्रदर्शन


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । भारतीय नक्साको विरोधमा प्रमुख प्रतिपक्ष दल कांग्रेसनिकट नेविसंघले राजधानीमा शुक्रबार गरेको विरोध प्रदर्शन गरेको हो ।

भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ ९नेवि संघ० ले प्रदर्शन गरेको छ ।

पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।

Sagarmatha

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : १३ बजे