सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका एक फ्रान्सेली पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित चो यु भ्युू लजमा बास बसेका फ्रान्सेली नागरिक म्यारोन गेटानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरीयाले बताउनु भयो ।
उनको शव हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।