माधव नेपालले भने, ‘अबको बाटो बेरोजगारी अन्त्य’

7 Shares

भक्तपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताएका छन् ।


भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
‘अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने छ ।’
भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उनले अपिल गरे ।
चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे । सभामा नेकपा उम्मेदवार ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार