अब नेपाल भारत सीमाको सुरक्षा नेपाली सेनाले गर्ने

7 Shares

काठमाडौं । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्न लागेको खबर पनि कान्तिपुरमा छापिएको छ ।


छिमेकी मुलुकबाट राष्ट्रको सीमा मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको समाचारमा उल्लेख छ ।
कान्तिपुर लेख्छ– सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो ।’
नेपाली सीमा लामो समयदेखि मिचिँदै आएका छन् । गृह मन्त्रालयका अनुसार नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २ हजार ७ सय १६ सीमा स्तम्भ गायब भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार