आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै !

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत आज नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।


आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । तर कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्यका अनुसार, ‘नामहरु टुंगो लागेको छैन । आज विहानसम्म तय होला ।’
मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने सम्भावना छ ।
श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको सन्दर्भमा भने छलफल चलिरहेको बताइएको छ । कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर हुनेछ । कम्तिमा ६÷७ जना मन्त्रीलाई विदा दिएर केही अनुभवी र केही नयाँलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार