सम्पर्क समितिद्धारा ३ जना बिरामीलाई आर्थिक सहयोग

21 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको पहलमा ३ जना सोलुखुम्बुका बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका ३ जना सोलुखुम्बुका बिरामीलाई सम्पर्क समितिद्धारा आर्थिक सहयोग प्रदान गरिएको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए ।


लामो समयदेखि खुट्टाको अप्रेसन गरी आराम गरिरहेका बिरामी कृष्ण खड्काको पुनः खुट्टाको अप्रेसन गर्नुपर्ने र उनको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको अध्यक्ष बस्नेतले बताए । त्यस्तै अर्का बिरामी काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिरहेका राजु बिकको टाउकोमा समस्या आएपछि एमआर आई गरिएको छ । उनको पनि आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको हो ।
त्यसैगरी जिब्रोको समस्याबाट ग्रसित बिरामी प्रकाश बस्नेतलाई पनि आर्थिक सहयोग गरिएको छ । बिरामी बस्नेतलाई सम्पर्क समिति र कैँदेल पानी खपत्डी बस्नेत सेवा समाजको तर्फबाट अम्बर बस्नेत र गोविन्द बस्नेतको संयुक्त पहलमा आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो ।


बिरामीलाई सम्पर्क समिति अध्यक्ष गोकर्ण बस्नेत, उपाध्यक्ष बिमला गुरुङ र सचिव सरोज बस्नेतले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । बिरामीलाई रकम हस्तान्तरण गर्दै अध्यक्ष बस्नेतले आर्थिक संकलनमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार