नेकपा मन्त्रिपरिषद् पुनर्गठन प्रति प्रभु साहको टाउको दुख्यो

Facebook Debugger

काठमाडौं । नेकपाका नेता तथा पूर्वमन्त्री प्रभु साहले सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् । मन्त्रीका आकांक्षीसमेत रहेका साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ ।

‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो
साहले फेसबुकमा लेखेका छन्, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।

मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको भन्दै यसबाट आफू लज्जित भएको उनले बताएका छन् । ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’, उनले लेखेका छन् ।

नेकपा प्रदेश २ को अध्यक्षसमेत रहेका प्रभु साहले मन्त्री बन्न लबिङ गर्दै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा उनी परेनन् । ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् ।

Published On:  64पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार