नेकपा अध्यक्ष प्रचण्डले भने चाँडै चीन भ्रमणमा जाँदैछु

Facebook Debugger

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् ।

नेपाल(चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।

Published On:  65पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार