विरामीलाई बलत्कार प्रयास गर्ने डाक्टर बचाउने तर्फ चिकित्सक संघ

Facebook Debugger

काठमाडौं । नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका डा।रोहितकुमार झा पक्राउ परेको विरोधमा संघले विज्ञप्ति निकालेको हो ।

डा। झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोप ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले जवरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी छन् ।

चिकित्सक संयोजक रहेको पाँच सदस्यीय समितिले दोषी ठहर गरे मात्रै मुद्दा चलाउनुपर्ने संघको ठहर छ । ‘।।नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुसन्धान समितिले कसुर गरेको प्रमाण भेटिएको खण्डमा मात्रै मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखी पठाउने व्यवस्था परिमार्जन भएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ
संघले बिरामी परीक्षण गरिरहेको अवस्थामा विना अनुसन्धान चिकित्सकलाई पक्राउ गर्न नहुनेमा जोड दिएको छ ।

संघका महासचिव डा। लोचन कार्की भन्छन्, ‘दोषी प्रमाणित भए कारबाही हुनुपर्छ भन्नेमा शंका रहेन तर कार्यस्थलमा भएको घट्नामाथिको अनुसन्धान संशोधित मुलुकी अपराध संहिता अनुसार हुनुपर्दछ ।

Published On:  43पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार