कांग्रेसले नेकपालाई धक्का दिंदै धरान उपमहानगरपालिकामा फराकिलो मतले

0 Shares

विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा काग्रेस उम्मेदवारले आफ्नो अग्रता थप बढाएका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८ मत हासिल गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।


उपमहानगरपालिकाको वडा नंं। १ र ७ को अहिले मतगणना भइरहेको छ ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।

धरान उपमहानगरपालिकाकै वडा नं। ७ को वडाध्यक्षका लागि पनि शनिबार मतदान भएको छ । यहाँ अहिले मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार