१५०० मिटर दौडमा नेपाललाई कास्य, भारतले स्वर्ण

0 Shares

काठमाडौं । दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा नेपालले कास्य पदक जितेको छ । स्वर्ण र रजत दुवै पदक भने भारतको पोल्टामा परेको छ ।

मंगलबार बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक हासिल गरेका हुन् । स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

१३ औं सागअन्तर्गत सोमबारबाट खेलहरू सुरु भएका छन् । पहिलो दिन नेपालले १५ स्वर्ण जित्दै पदक तालिकामा अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार