काठमाडौंको तापक्रम ५।५ डिग्री चिसो बढ्यो

0 Shares

 

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५।५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ ।

चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् ।

तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार