विकास निर्माणमा जनप्रतिनिधिको डोजर चलाउन नदिने पूर्वमन्त्री केसीको चेतवानी !

0 Shares

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले विकास निर्माणमा जनप्रतिनिधिको डोजर प्रयोगमा रोक लगाउने चेतवानी दिनुभएको छ । बुधबार सल्लेरीमा भएको जिल्लाका लघु जलविद्युत आयोजना तथा ग्रामिण विद्युतीकरण कार्यक्रमबीचको छलफल कार्यक्रममा पूर्वमन्त्री केसीले यस्तो बताउँनुभएको हो ।

पूर्वमन्त्री केसीले विकास निर्माणमा जनप्रतिनिधि आफैले डोजर प्रयोग गरिदा भ्रष्टचार बढेको आम सर्वसाधारणको प्रतिक्रिया आएको भन्दै आगामी फागुनपछि नेपाली काग्रेंसले रोक लगाउँने अभियान चलाउँने उद्धघोष गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधिहरु आफै सरकार र आफै ठेकेदार हुदाँ भ्रष्टचार मौलाएको उहाँको दाबी छ ।
सल्लेरीस्थित समीक्षा हलमा भएको कार्यक्रममा ग्रामिण विद्युतीकरणपछि लघु जलविद्युतहरुको अवस्थाको विषयमा छलफल भएको थियो । ग्रामिण विद्युत विस्तारपछि जनताले १÷१ रुपैया बचाएर सञ्चालन गरेका गाउँगाउँका विद्युत आयोजनाहरुको अवस्थाको विषयमा समेत सोच्नु पर्ने जोड दिइएको थियो ।
ग्रामिण विद्युत विस्तारपछि हाल सञ्चालित लघु जलविद्युतहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा कसैको ध्यान नगएको त्रिबेनी सोलुखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष धनजन राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार