थुलुङ दुधकोशी वडा ९ मा सेनेटरी प्याड वितरण

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ ले किशोरीहरुलाई सेनेटरी प्याड वितरण कार्यलाई तिब्रता दिएको छ ।


वडा भित्र सञ्चालनमा रहेको तीन विद्यालयका किशोरीहरुलाई लक्षित गरि उक्त प्याड वितरण कार्य भईरहेको वडा अध्यक्ष भुपालसिङ राइले बताउनु भयो ।
आर्थिक वर्ष २०७६÷७७ मा वडाबाट बिनियोजित २ लाख बजेटबाट जनता माध्यमिक विद्यालय, जनसेवा माध्यमिक विद्यालय र लमु आधारभुत विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । महिनावरी भएका बेला विद्यालय जानबाट वञ्चित नहोउन भन्ने उदेश्य सहित कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष राईले बताउनु भयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार