‘सँगसँगै’को शुभमुर्हत, सौगात, मुकुन, सृष्टि र आश्मा एकैसाथ

7 Shares

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक नेपाली कथानक चलचित्र निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने चलसचत्रको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत भएको हो ।


चलचित्रमा सौगात मल्ल, मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए, भने क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गरेका थिए । त्यसैगरी, निर्माता तथा वितरक करण श्रेष्ठले क्ल्याप ठोके भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेका थिए ।


चलचित्रमा विकास चापागाई, रश्मी भट्ट, सबिता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्दैछन् । सुवानी फिल्मस्को व्यानरमा तोरण क्षेत्री, बिष्णु लामीछाने, रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको फिल्म शिब ढकालले खिच्ने छन् भने ताराप्रकाश लिम्बूको संगीत छ ।
निर्देशक केशव भट्टराईले दुई साथीबीचको मित्रता तथा झण्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा ‘सँगसँगै’ बुनीएको बताए । यसअघि ‘ब्ल्याकमेल’, ‘सुकुलगुण्डा’, ‘निर्भय’ लगायतका फिल्म निर्देशन गरेका भट्टराईले भने,‘सँगसँगै’ समाजीक तथा पारिवारिक विषयको फिल्म हो । जसमा नेपाली समाजको मौलिक जनजीवनलाई समेटिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार