महिला क्रिकेट टोली स्वदेश फिर्ता

0 Shares

काठमाडौँ, २ कात्तिक । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको हो ।

विभिन्न चार टोली सहभागी उक्त प्रतियोगितामा थाइल्यान्डले शीर्ष स्थान हात पार्दै विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी एवम् नेपाल क्रिकेट सङ्घका ९क्यान० का सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार