२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रधानमन्त्री दाहालसँग माल्दिभ्सका सेनापतिको भेट



काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।

सो अवसरमा माल्दिभ्सका सेनापति सियामले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ४९ बजे