फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सम्पन्न हुन्छ नेपाली सेना

0 Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने बताएको छ ।  सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् ।

फास्ट ट्र्याक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

कुल ७२।५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५।५ मिटर सडक, ६।४१ मिटर सुरुङ र १०।५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।
फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुनेछ । महादेवडाँडामा ३।३३५ किमी, धेद्रेमा १।६३० किमी र लैनडाँडामा १।४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार