प्रहरीदमन पत्रकारमाथि कुटपीट, विरोधमा रंगशालाबाहिर धर्ना

0 Shares

काठमाडौं । प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुले काठमाडौंको दशरथ रंगशालामा धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले धर्ना दिएका हुन् ।

उनीहरुले रिपोर्टिङका क्रममा पटक पटक दुर्व्यवहार गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका छन् । पत्रकारले नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनल खेल बहिस्कार गरेको बताएका छन् ।

दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो । पत्रकारहरु दशरथ रंगशालाबाहिर प्लेकार्डसहित धर्नामा बसेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरलगायत प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा १३ औं सागको सुरक्षा समितिमा नेपाल प्रहरी महानिरीक्षक स्वयं संयोजक रहेको स्मरण गराउँदै मंगलबारको घटनाले प्रहरीको सुरक्षा रणनिति तथा ज्यादती थप उजागर भएको बताएको छ ।

देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारले नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको मञ्चले उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिग गरेको घटनाको विरोध गरेको छ । पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले बताएको छ ।

‘प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले पत्रकारमाथि दुर्व्यवहारको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्य तथ्य अनुसन्धान हुने बताएका छन् । उनले पत्रकार चापागाईंको उपचार खर्च राष्ट्रिय खेलकुद परिषदले ब्यहोर्ने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार