युवतीमाथि यौन दुषप्रयास गर्ने युवाले लिङ्गमा हेलमेट लगाउन प्रहरी सुझाव

काठमाडौं । प्रेममा धोका पाएपछि मानिसले के(के गर्लान् रु हात काट्ने र आत्महत्या गर्ने गरेका विषय नौला होइनन् । काठमाडौंको बौद्धमा भने अर्को एउटा अनौठो घटना भएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् । सो सन्दर्भमा एक जना प्रहरीले ठटौलीपारामा युवतीमाथि यौन दुषप्रयास गर्ने युवाले अब लिङ्गमा समेत हेलमेट लगाएर हिंड्न सुझाव दिए ।

सो घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका युवा सख्त घाइते भएका छन् । ती युवा काठमाडौंको एक होटलमा कर्मचारी हुन् ।

बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

‘आधी काटिएको छ भन्ने हाम्रो टोलीले खबर दिएको छ’, भने, ‘केटीको पनि हातमा चोट लागेको रहेछ ।’

प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो ।

‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार