प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पताल पुगे !

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीको करिब १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Published On:  152पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार