ढाका विशेषज्ञ कल्पना योङहाङ अमेरिकामा सम्मानित !

7 Shares

काठमाडौँ । ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन् ।


सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेशी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत ढाका विशेषज्ञ योङहाङ अमेरिकामा सम्मान गरिएको थियो ।
नेपाली ढाकालाई विश्वको ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादनलाई विश्वसामु परिचित गराउन सफल उद्धमी योङहाङ नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन् । लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाइ आफ्नो कर्मबाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार