आसरा सुधार केन्द्रमा मिस पूर्वाञ्चल टोली

Facebook Debugger

धरान । धरान वडा न. ६ को पानवारीस्थित आसरा सुधार केन्द्रमा मिस पूर्वाञ्चल २०१९ को प्रतिस्पर्धीहरुले अवलोकन गरेका छन् ।


दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न स्थानीयहरुको सहयोगमा भर्खरै स्थापना गरिएको आशरा सुधार केन्द्रमा उपचारको लागि आएका पुर्व दुर्व्यसनीहरुसँग समेत प्रतिस्पर्धीहरुले साक्षात्कार गरेका थिए । उनीहरुले मिस पूर्वाञ्चलमा प्रतिस्पर्धीहरुलाई जितको सुभकामना दिएका थिए, भने प्रतिस्पर्धीहरुको तपÞर्mबाट सुष्मिता बराइलीले सुधार केन्द्र भन्ने बित्तिकै अर्कै सोचेको तर यति राम्रो रहेछ भन्दै चाडै नै उपचारमा आएका सम्पूर्णले घर फर्कने वातावरण तयार होश भन्ने कामना व्यक्त गरिन ।
मिस पूर्वाञ्चलका प्रतिस्पर्धीहरुलाई आसरा सुधार केन्द्रको काउन्सिलर तथा सैकोलोजिस्ट टिकाराम सिग्देलले लागु पर्दार्थको दुरुपयोग सम्बन्धि अभिमुखीकारण प्रस्तुत गरेका थिए । प्रतिस्पर्धीहरुले समेत आफ्नो घर छिमेकका र आफै बीच भएका विभिन्न यससँग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए । आसरा सुधार केन्द्रका प्रमुख रामजी कटुवालले प्रतिस्पर्धीहरुको प्रश्नको उत्तर दिदै भविष्यमा महिला तथा बालबालिका दुर्व्यसनीहरुलाई सुधार्नको लागि एउटा छुट्टै भवन निर्माणको लागि समेत पहल भैरहेको जानकारी दिए ।
आसरा सुधार केन्द्रको ई–लाइब्रेरी निर्माणको लागि मिस पूर्वाञ्चल २०१९ बाट केहि सहयोग समेत गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । मिस पूर्वाञ्चल २०१६ मा समेत टिकट बाट उठेको रकमबाट एउटा कोठा निर्माणमा सहयोग गरिएको थियो ।
त्यस्तै सोमबारनै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनक केन्द्रिय अध्यक्ष तथा औजार दैनिकका सम्पादक भिम राई ज्वालाले सडक सुरक्षा र चुनौती सम्बन्धि क्लास दिएका थिए ।
आगामी पौष ५ गते सिल्भर इन्टर टेनमेन्ट को आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक विभिन्न विज्ञहरुबाट क्लास तथा प्रशिक्षण भैरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार