राष्ट्रपति भण्डारीसँग माल्दिभ्सका सेना प्रमुखको भेट

0 Shares

काठमाडौँ, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माल्दिभ्सका सेनाप्रमुख अहमद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको उक्त भेटमा नेपाल र माल्दिभ्सबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाली सेना र माल्दिभ्सका सेनाबीच सहयोग तथा सम्बन्धको विस्तारमा अझ वृद्धि गर्ने विषयमा छलफलसमेत छलफल भएको राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हादप्रसाद पुडासैनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवसरमा माल्दिभ्सका सेनाका पदाधिकारी र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार