‘अरु पार्टीले दिउँसो चोरे भन्दैमा कांग्रेस राती चोर्न जानु हुँदैन’ : महासमिति सदस्य बास्तोला

Facebook Debugger

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य शम्भुहरी बास्तोलाले माथिल्लो सोलु जलविद्युत आयोजनाले पार्टीलाई दिएको शेयर कुनै पनि हालतमा फिर्ता गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बु र प्रदेशसभा, स्थानीय तह एवं भातृ तथा शुभेच्छुक संस्था प्रमुखहरुको संयुक्त बैठकमा सदस्य बास्तोलाले उत्त विषयमा पार्टीको ध्यानाकर्षण गराएका हुन् ।

फाईल फोटो ।

२३.५ मेगाावाट क्षमता भएको माथिल्लो सोलु जलविद्युत आयोजनाले नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई १ करोड ५० लाखको दरले तीनै पार्टीलाई शेयर दिएको थियो । ‘अरु पार्टीले दिउँसो चोर्न गए भन्दैमा नेपाली कांग्रेस पार्टीले राती चोर्न जानु हुँदैन’ महासमिति सदस्य बास्तोलाले भने, ‘कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । जनताको पक्षमा काम गर्ने पार्टी हो । त्यसैले कांग्रेसको नाममा आएको शेयर सोलुखुम्बुका प्रत्येक घरका जनतालाई दिनुपर्छ ।’
‘पार्टी राजनीतिमा लागेर शेयरको दलाली गर्नु हुँदैन’ सदस्य बास्तोलाले भने, ‘पार्टीलाई भोलीको दिनमा जनप्रिय बनाउँने हो भने, कम्पनीनै खडा गरेर शेयरको दलाली कदापि गर्नु हुँदैन । बरु आम सोलुखुम्बुबासीको नाममा नेपाली कांग्रेसले पाएको विद्युतको शेयर बाड्नु पर्छ, अनिमात्र हाम्रो पार्टीले जनताको साथ पाउँनेछ ।’
जलविद्युतले पार्टीलाई शेयर दिएपछि सोलुखुम्बुका तत्कालिन समयमा तीन राजनीतिक दलमा ठूलै खैलाबैला भएको थियो । त्यत्तिमात्र होइन सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो । विद्युतको शेयर लिएपछि तीनै पार्टीभित्र लिनु पर्छ भन्ने र लिनु हुन्न भन्ने दुई समूहमा विभाजित भएका थिए, र अझै पनि कतिपय पार्टीका नेताहरु यहि विषयमा बहस गरिरहेका छन् ।


कांग्रेस सोलुखुम्बुको संयुक्त बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसी, जिल्ला सभापति विनोद बस्नेत, प्रकाशसिं कार्की लगायत महासमिति सदस्यहरुले पार्टी सुदृढिकरणका लागि सुझाव दिएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार