सृष्टिसँग निर्मल र उमंग किन डराए, यस्ताे छ रहस्य (भिडियाे सहित)

ओखलढुंगा । गीतका सर्जक निर्मल श्रेष्ठलाई मायामा राजनीति चलेको मन पर्दैन । खुला रुपको माया पिरति समाजले अस्वीकार गरेको प्रति विरोध जनाउँदै बरु मायामा कर लाउन अपिल गर्छन्, उनी । झुटो माया लगाउनेलाई काली गए गोरी आउँछ भन्दै मायालाई दुई दिने राम छाँया बनाउनेलाई चुनौति दिन्छन्, छैन मलाइ डर गीत मार्फत । उनको यो गीत पहिलो होइन । यस अघि उनको सृजना र मोडल उमंग श्रेष्ठको अभिनयमा मायामा भर्ना, विश्वासघातजस्ता लोक दोहोरी गीत बजारमा आइसकेका छन् ।
श्रेष्ठको पछिल्लो लोक दोहोरी गीत ‘छैन मलाई डर’ सार्वजनिक भएको छ । चन्द्रसुर्य फिल्म, युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले छोटो समयमा निकै चर्चा बटुल्न सफल भएको छ । सार्वजनिक भएको १९ दिनमा १ लाख ६८ हजारबढीले हेरिसकेका छन् । श्रेष्ठको सर्वाधिक रुचाइएको गीतमा पर्छ, छैन मलाइ डर ।

 

चन्द्रसुर्य फिल्मको प्रस्तुतिमा राजु बिरही लामा र उत्कृष्ट श्रेष्ठले गीतलाई बजारमा ल्याएका हुन् । गीतमा चर्चित गायिका अञ्जु पन्त र ओखलढुंगेली गायक वालकुमार श्रेष्ठको आवाज रहेको छ । निर्मल श्रेष्ठले लेखेको शव्दमा स्वयंम गायक श्रेष्ठले लय भरेका छन् । गीतमा मोडल सृष्टि खड्का र ओखलढुंगेली मोडल उमङ्ग श्रेष्ठको दमदार अभिनय छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार