डिएसपी श्याम राईलाई किन दियो अदालतले सफाई

काठमाडौं । भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी तथा तत्कालिन बौद्ध प्रहरीका प्रमुख श्याम राईले सफाई पाएका छन् ।

विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले डिएसपी राईलाई २९ मंसिर २०७६ मा सफाइ दिएको हो ।

२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला उनी पक्राउ परेका थिए । डिएसपी राईलाई स्थानीय सुजन पौडेलको उजुरीको आधारमा पक्राउ गरिएको थियो । अख्तियारले १ लाख ४० हजार घुस रकमसहित डिएसपी राईलाई पक्राउ गरेको दाबी गरेको थियो । तर, डिएसपी राईले भने पौडेलको श्रीमती बनेर आएकी अख्तिारकै बिना केसीले कागजमा पैसा बेरेर आफ्नो टेबलमा जबरजस्ती हाली दिएको दाबी गर्दै आएका थिए ।

विशेष अदालत अनुसार डिएसपी राई र बौद्ध प्रहरीसँग उजुरकर्ता पौडेलको कुनै काम नदेखिएको र रङ्गेहात भनिए पनि अनुसन्धान गर्दा पुष्टी नभएकोले डिएसपी राईलाई सफाइ दिइएको हो ।

‘घुस भनेको कुनै काम गरी दिए बापत वा नगरीदिएका कारण दिइन्छ । उजुरीकर्ता सुजन पौडेलेको डिएसपी राई र बौद्ध प्रहरीसँग कुनै काम देखिन्दैन । आरोप पुष्टी हुदैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार अख्तियारले रङ्गेहात पक्राउ गरिएको दाबी गरेको छ । तर, पक्राउपछि गरिने रसायन परिक्षणमा पानीको रङ्ग रातो देखिएको छैन ।

उनै उजुरी कर्ता सुजन पौडेलकै उजुरीका आधारमा २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु, काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ गरेको थियो । साहले पनि गत १७ मंसिर २०७६मा विशेष अदालतले सफाइ दिएको थियो ।

पौडेलले ५ महिनाको अवधिमा राई र साह गरी दुई सरकारी अधिकृतलाई पक्राउ गराएका थिए ।पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानको भान्जा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार